site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरको पुनःस्थापना गृहबाट तीनजना फरार
फाइल तस्बिर ।

विराटनगर । विराटनगरस्थित दीर्घकालीन पुनःस्थापना गृहबाट तीनजना फरार भएका छन् । गृहबाट दुई बालिका र एक युवती फरार भएका हुन् ।

गृहबाट भाग्नेमा मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १३ वर्षीया र इलाम नगरपालिकाकी १५ वर्षीया बालिका छन् । यसैगरी धनकुटा नगरपालिकाकी १९ वर्षीया युवती बुधबार भागेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले उनीहरूको खोजी तीव्र पारिएको बताए ।

घरेलु र लैंगिक हिंसाबाट पीडित भएकाहरू त्यहाँ बस्दै आएका थिए । यो गृह कोसी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सञ्चालन गर्दै आएको छ । हिंसामा परी असुरक्षा महसुस गर्नेलाई गृहमा राख्ने गरिएको छ । जिविका चलाउन आवश्यक पर्ने सीपयुक्त तालिम दिनेलगायत व्यवस्था पनि गृहले गर्दै आएको छ । 

पुनःस्थापना गृहकी प्रमुख सुनीता भट्टराईले बताएअनुसार, भागेका सबै बलात्कार पीडित थिए । त्यहाँ हाल २५ जनालाई पुनःस्थापना गरी राखिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro