site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल–भारत सिमानामा पर्खाल लगाएर भिसा प्रणाली लागु गरौँ : वामदेव गौतम

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपाल–भारत सिमानामा पर्खाल लगाउनुपर्ने बताएका छन् । बुधबार राष्ट्रियसभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा गौतमले नेपाल–भारत खुला सिमानाका कारण नेपालमा उत्पादन भएका वस्तुहरू भन्सार बाहिरबाट भारतमा निर्यात हुने गरेकाले सिमानामा पर्खाल लगाउनुपर्ने बताए ।

उनले खुला सिमाना बन्द गरेर भिसा प्रणाली लागु गर्नुपर्ने पनि बताए । "नेपाल–भारतको बिचमा तार लगाऔँ । खुला सिमाना बन्द गरौँ । मेरो आजको प्रस्ताव यही हुन्छ । नेपाल–भारत सिमाना बन्द गर । भिसा प्रणाली लागु गर," उनले भने ।

उनले सुपारी निर्यातको विषय टुङ्ग्याउन नसक्नु सरकारको असक्षमता भएको पनि बताए । उनले सरकारमा रहेका व्यक्तिहरू नै तस्करहरूसँग मिलेर काम गरिरहेका आरोप लगाए ।

"यो सरकारको असक्षमता हो । यहाँ सरकारमा रहेका व्यक्तिहरू नै तस्करहरूसँग मिलेर यो सबै काम गरिराखेका छन् । र, कहिल्यै पनि समाधान नहुने गरी समितिमा विषय पठाइदिन्छन्," गौतमले भने ।

गौतमले मानिसको आवतजावत पनि तोकिएको नाकाबाट मात्रै हुनुपर्ने बताए । खुला सिमानाका कारण भारतबाट नेपालमा पसेर व्यक्ति हत्यासमेत हुने गरेको भन्दै उनले स्वतन्त्र देशको अवस्था यस्तो हुन नहुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro