site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बुदोकै–दोका अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

काठमाडौं । नेपाल बुदोकै–दो फुल कन्ट्याक्ट कराते संघले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मानित गरेको छ । 

मंगलबार राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण र रजत पदक जित्ने खेलाडीहरूलाई सम्मान गरिएको हो । स्वर्ण विजेतालाई १० हजार तथा रजत पदक विजेता र निर्णायक लामालाई पाँच हजार नगद रुपैयाँ प्रदान गरिएको थियो ।

अघिल्लो साता अजरबैजानको बाकुमा भएको वर्ल्ड बुदो मार्सल आर्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा विनिस महर्जन, वीरचन्द्र नकर्मी र सतिस बलामीले स्वर्ण पदक जितेका थिए । यस्तै, ज्ञानेन्द्रकुमार हमालले रजत पदक जितेका थिए ।

सम्मान कार्यक्रममा संघले निर्णायक पूजा लामा र व्यवस्थापक वीरकृष्ण महर्जनलाई पनि सम्मानित गरेको थियो ।

विजेता खेलाडीहरूलाई नेपाल क्योकुसिन करातेका संस्थापक एवं पूर्वमन्त्री जगतप्रसाद गौचन र जिल्ला खेलकुद विकास समिति काठमाडौंका अध्यक्ष भाइकृष्ण बलामी लगायतले सम्मान गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १७:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro