site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
उत्तरी गाजामा भएको इजरायली हमलामा ५५ जनाको मृत्यु
फाइल तस्बिर ।

गाजापट्टी । गाजाको उत्तरी जिल्ला बेत लाहियाको आवासीय भवनमा म‌गलबार भएको इजरायली हमलमा ५५ जनाभन्दा बढीको मृत्यु भएको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

मंगलबार राति बेत लाहियाकामा इजरायलले प्रहार गर्दा अबु नस्र परिवारको आवासीय भवनको भग्नावशेषमा उनीहरूको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको एजेन्सीका प्रवक्ता महमुद बासलले बताए ।

हमलामा मृत्यु भएका १५ जनाको शव कमल अदवान अस्पतालमा ल्याइएको अस्पतालका निर्देशक हुसाम अबु साफियाले जानकारी दिए । उनले घटनामा ३५ जना घाइते भएको र तीमध्ये अधिकांश बालबालिका रहेको, उनीहरुको अस्पतालमा उपचार भइरहेको बताए ।

सफियाले अस्पतालमा निरन्तर मृतक तथा घाइतेहरू आइरहेको बताउँदै कर्मचारी र औषधिको अभावका कारण अस्पतालमा बिरामीहरूको उपचार गर्न गाह्रो भइरहेको उल्लेख गरे ।

उनका अनुसार जबलियामा सैन्य कारबाहीका क्रममा अस्पतालमा आक्रमण गर्दा सेनाले चिकित्सक टोली र कामदारहरूलाई पक्राउ गरेपछि कमल अदवान अस्पतालमा प्राथमिक उपचार सामग्री बाहेक अरू केही बाँकी छैन ।

गत हप्ता गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले अस्पतालमा आक्रमण गरेको जनाएको थियो ।  

गत अक्टोबरदेखि सेनाले उत्तरी गाजाका जबालिया, बेत लाहिया र बेत हानुनका क्षेत्रहरूमा व्यापक आक्रमण गरेको छ । यसलाई सेनाले हमास लडाकुलाई पुनः समूहबद्ध हुनबाट रोक्नका लागि गरेको अपरेसनका रूपमा वर्णन गरेको छ ।

मंगलबार जारी विज्ञप्तिमा सेनाले विगतका दिनमा जबलियामा धेरै आक्रमण गरेको र करिब ४० जना आतंकवादीको मृत्यु भएको जनाएको छ ।  

नागरिक सुरक्षा एजेन्सीले आक्रमण सुरु भएदेखि दशौँ हजार प्यालेस्टिनी उत्तरी गाजाबाट भाग्न बाध्य भएको तथा सयौँको मृत्यु भएको रिपोर्ट गरेको छ । रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro