site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालगन्जमा कपडाजन्य मालाको बिक्री

नेपालगन्ज । बाँकेको नेपालगन्जका व्यापारीले कपडाका माला र पुष्पगुच्छाको बेचबिखन गर्न थालेका छन् । तिहार नजिकिँदै गर्दा नेपालगन्ज बजारमा गत वर्ष मौज्दात रहेको लुगाका माला र पुष्पको बिक्री–वितरण भइरहेको व्यापारीले बताएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–२, घरबारीटोलका अनुप लखेटले गत वर्ष मौज्दात केही दर्जन कपडाजन्य मालाको बिक्री–वितरण भइरहेको बताए । उनले भने, “गत वर्ष स्थानीय प्रशासनले प्लास्टिकका माला जलाएका कारण अहिले उपभोक्ता पनि त्यस्ता माला खोज्न आएका छैनन् ।”

प्लास्टिकजन्य माला बेच्न हुँदैन भन्ने विषयमा आफूलाई जानकारी रहेको उनले उल्लेख गरे । लखेटले केही उपभोक्ताले लुगाका माला पनि प्रयोगमा ल्याएको बताए ।

अर्का स्थानीय व्यापारी अकबर अलीले मौज्दात रहेको कपडाका माला र पुष्पगुच्छाको सामान्य बेचबिखन भएको बताए । मौज्दात रहेको करिब २० दर्जन कपडाजन्य माला बेचबिखनका निम्ति राखिएको उनले जानकारी दिए । उनले तिहारका लागि भाइमसलाको खपत बढेको बताए । “हामीले कोहलपुरबाट उत्पादन भएको भाइमसला नेपालगन्ज ल्याएर बेचेका छौँ,” उनले भने ।

तिहार नजिकिँदै जाँदा नेपालगन्जका सदरलाइन, एकलैनी, त्रिवेणीमोड, वागेश्वरीटोल, घरबारीटोल, न्युरोड, त्रिभुवन चोकलगायत क्षेत्रमा भाइमसला, टीका, माला, फलफूलसहितका सामान किन्नेको भीड लागेको छ ।

वागेश्वरी मन्दिरछेउका पसल, सदरलाइन, एकलैनी, पुरानो सिनेमा हल रोड, घरबारीटोल, न्युरोड र धम्बोझीलगायत स्थान कपडाबाट निर्मित रंगीबिरंगी मालाले झकिझकाउ देखिएको छ ।

उद्योग वाणिज्य संघका महासचिव भीम रानाभाटले प्लास्टिकजन्य माला तथा पुष्पगुच्छा प्रतिबन्धित भन्ने विषयमा व्यापारीलाई कुनै जानकारी नआएको जिकिर गर्दै सरकारी पक्षबाट यसको अनुगमन नभएको गुनासो गरे । उनले निर्बाध रूपमा व्यापारीले आफ्नो व्यापार गर्न पाउनुपर्नेमा जोड दिए ।

नेपालगन्जमा तिहारका अवसरमा ८० हजारदेखि एक लाख रुपैयाँभन्दा बढीको माला बेचबिखन हुने गरेको स्थानीय व्यापारीको भनाइ छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro