विदेश
काठमाडौं । गाजापट्टीमा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४३ हजार नाघेको छ ।
विगत ४८ घण्टामा इजरायली सेनाले ९६ जनाको ज्यान लिएको छ । २७७ जनालाई घाइते बनाएको छ । योसँगै कुल मृत्यु हुनेको संख्या ४३ हजार २० पुगेको छ ।
सन् २०२३ अक्टोबरमा प्यालेस्टाइनी र इजरायली द्वन्द्व सुरु भएयता एक लाख एक हजार ११० जना घाइते भएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१ ०९:५७
प्रतिक्रिया दिनुहोस्