site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘अग्निदहन’को ‘दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक भएको छ । गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर छ । परशुराम अधिकारीको संगीत रहेको गीतमा लोकमणि पौडेलको शब्दरचना छ ।

गीतको भिडियोमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, रमा त्रिपाठी, सनिशा भट्टराई, तुलसी क्षेत्री, सरला कुमारी पाण्डे, प्रसिना आचार्यलगायत छन् ।

Dabur Nepal
NIC Asia

विवाहको सेटअपमा तयार परिएको गीतमा रत्यौली खेल्दै गाइने झ्याउरे लय छ । भिडियोमा रत्यौलीमा महिलाहरू लोग्ने मान्छे बनेर नाच्ने प्रचलनलाई देखाइएको छ । 

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक चलचित्र मंसिर ७ गते रिलिज हुने निर्देशक घनश्याम लामिछानेले बताएका छन् । 

यो चलचित्रले मान्छे ‘बोक्सी’ हुँदैन भन्ने सन्देश दिन निर्माण गरिएको निर्देशकले बताएका छन् । 

“चलचित्रमा थ्रिल, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट चलचित्रमा रुपान्तरण गरेका छौँ । दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ”, उनले भने । 

चलचित्रमा मुख्य भूमिकामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङलगायतको अभिनय छ । लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  ०६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro