site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्व लगानीकर्ता सप्ताहको अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम आयोजना

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलले दुईदिने लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।

प्रभु क्यापिटलले धनुषा जिल्लामा रहेको मिथिला प्राविधिक कलेज, बिशहरा चोक र मोनास्टिक कलेज, भानु चोकमा अध्ययनरत विधार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेसागत कर्मचारीहरूलाई गत बिहीबार र शुक्रबार दुई दिन प्रशिक्षण दिएको हो ।

दुई कलेजमा करिब ९० जना विधार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेसागत कर्मचारीहरूको सहभागिता थियो । कार्यक्रमको प्रशिक्षकका रूपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा थिए ।

कार्यक्रममा पुँजी बजारमा लगानीको प्रतिफल तथा जोखिम व्यवस्थापन सम्बन्धी, आधारभूत तथा प्राविधिक विश्लेषण, सेयर बजारमा लगानी गर्नु पूर्व ध्यान दिनुपर्ने कुराहरू, बजारमा उपलब्ध लगानीका उपकरण तथा लगानी विविधीकरणजस्ता विषयमा जानकारी दिइएको थियो ।

साथै लगानी गर्दा प्रविधि र डिजिटल सेवाको प्रयोग (आस्बा, सीआस्बा, मेरो सेयर एपको तथा आईपीओ भर्दा पुर्‍याउनुपर्ने सजग)ताबारे पनि जानकारी दिइएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro