site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बैंकको ऋण नतिर्ने प्रवृत्ति बढेपछि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्न जोड

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाको खराब कर्जा तथा गैरबैंकिङ सम्पत्तिमा भएको निरन्तरको वृद्धिलाई व्यवस्थापन गर्न छुट्टै कम्पनी स्थापनाको आवश्यक औँल्याइएको छ । आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले डोल्मा कन्सल्टिङसँगको सहकार्यमा आयोजित ‘ए सिम्पोसिजम अन एसेट रिकन्ट्रक्सन बिजनेस’ विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा सम्पत्ति व्यवस्थापन कम्पनीको स्थापना आवश्यक रहेको विज्ञहरूले बताका छन् ।

नेपाली बैंकिङ क्षेत्र पारदर्शी, गतिशील, सुशासित, जिम्मेवार र संवेदनशील क्षेत्र भएको, अप्ठेरो परिस्थितिलाई समेत सामना गर्दै अगाडि बढिरहेको भए पनि कर्जा र गैरबैंकिङ सम्पत्तिमा भएको वृद्धिले निम्त्याउन सक्ने सम्भावित संकट र जोखिमलाई समयमै व्यवस्थापन गर्न यो कम्पनी आवश्यक परेको सहभागीको भनाइ थियो ।

बैंकिङ क्षेत्रको दिगो विकास तथा मुलुकको अर्थतन्त्रलाई सवलीकृत बनाउन महत्त्वपूर्ण सहयोग पुग्ने हुँदा जिम्मेवार संस्थाको हैसियतले सिबिफिनले यस विषयमा अग्रसरता लिएको सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता राजेश उपाध्यायले बताए ।

कोभिड–१९ पछि बैंक तथा वित्तीय संस्थाहरूको निरन्तररूपमा बढ्दै गएको निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिको समुचित व्यवस्थापनका लागि उपयुक्त संस्था स्थापनाका विषयमा सिबिफिनले निरन्तर रूपमा विषय उठान गर्दै आएको पनि उनले उल्लेख गरे ।

छलफलमा बैंकिङ तथा व्यावसायिक क्षेत्रमा लामो र गहिरो अनुभव हासिल गरेका सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय, नेपाल एसबीआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिपककुमार दे र बैंकिङ क्षेत्रमा विशेष दक्षता राख्दै आएका वरिष्ठ चाटर्ड एकाउन्टटेन्ट प्रभुराम भण्डारीकोले ‘एसेट रिकन्ट्रक्सन कम्पनी’को आवश्यकता रहेको औँल्याएका थिए ।

अन्तरक्रियामा सहभागीहरूले बैंकहरूको खराब कर्जा र गैर बैंकिङ सम्पत्तिमा उल्लेख रूपमा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सम्भावित प्रतिकूल अवस्थाबाट समग्र बैंकिङ प्रणालीलाई जोगाउन र अर्थतन्त्रमा पर्न सक्ने अकल्पनीय क्षतिबाट बचाउनका लागि बैंक तथा वित्तीय संस्थाहरूको समेत संलग्नतामा एसेट रिकन्ट्रक्सन/सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्न विलम्ब गर्न नहुने बताए ।

त्यसैगरी, नेपालको बैंकिङ क्षेत्र सबैभन्दा पारदर्शि, गतिशील, सुशासित एवं जिम्मेवार क्षेत्र भएको सिबिफिनका अध्यक्ष उपेन्द्र पौडेलले बताए । तर, विगतका कठिन परिस्थितिहरूलाई समेत सहजै सामना गर्दै अगाडि बढिरहेको भए पनि कतिपय बाध्यतावश र पछिल्लो समयमा नियतवश ऋण नतिर्नेहरूका कारण क्रमशः जोखिमपूर्ण बन्दै गएको अध्यक्ष पौडेलको भनाइ छ ।  

अध्यक्ष पौडेलले बढ्दै गएको निष्क्रिय कर्जाको व्यवस्थापनमा क्रमशः देखापरेका समस्या र धितोस्वरूप राखिएका सम्पत्तिहरूको बेचबिखन समेत हुन नसकी बैंक तथा वित्तीय संस्थाहरू स्वयंले त्यस्ता सम्पत्तिलाई सकार्नु परिरहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूसँग पैसाभन्दा पनि अचल सम्पत्ति बढी हुने विडम्बनायुक्त अवस्था सिर्जना भएको बताए । 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro