site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लोकतन्त्रको सुदृढीकरण र संविधान संरक्षणमा समान धारणा हुनुपर्छ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोेजक डा. बाबुराम भट्टराईले लामो संघर्ष र बलिदानको उपलब्धिका रूपमा प्राप्त नेपालको संविधानको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका निम्ति परिवर्तनकारी शक्तिबीच साझा धारणा र एउटै बुझाइ आवश्यक रहेको बताएका छन् ।

शनिबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा उनले संघीयता र गणतन्त्रसहितको उपलब्धिलाई संरक्षण र सम्वर्द्धन गर्दै लैजानुपर्ने आजको आवश्यकता भएको स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्री भट्टराईले भने, “मुलुकमा राजनीतिक परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा दुःख, कष्ट भोगेका राजनीतिक नेतृत्वले जनताका एजेन्डाका आधारमा विकास र समृद्धिमा फड्को मार्न नसक्दा नयाँ शक्तिको उदय भयो । तर, उनीहरू पनि व्यवस्थित हुन सकिरहेको देखिन्न ।”

लोकतन्त्रका निम्ति योगदान पुर्‍याएका पुरानालाई सुधार्ने तथा नयाँ शक्तिलाई व्यवस्थित तुल्याएर आमसहमतिका आधारमा अघि बढनुपर्ने आवश्यकता रहेको उनले बताए ।

संयोजक भट्टराईले लोकतान्त्रिक गणतन्त्रभित्रै नयाँ शक्ति निर्माण गर्न सकिने तर्क गरे । उनले भने, “वैकल्पिक नयाँ शक्ति अग्रगामी सोचसहितको हुनुपर्छ, पुराना वादबाट अब मुलुक चल्दैन । संघीयतालाई पनि परिस्कृत गर्दे लैजानुपर्छ ।”

केही दिनअघि विधान अधिवेशन सम्पन्न गरिएको नयाँ शक्तिको आउँदो माघ २५ देखि २७ गतेसम्म काठमाडौंमा राष्ट्रिय अधिवेशन गरिँदै छ । पार्टीका सबै तहका समिति प्रत्यक्ष प्रणालीबाट निर्वाचित हुनुपर्छ भन्ने मान्यता राख्ने उक्त राजनीतिक शक्तिले पालिकामा प्रतिनिधित्व ४०, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशत हुने संरचना तयार गरेको छ ।

उक्त पार्टीले पदाधिकारीसहित सबै समितिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व रहने निश्चित गरेको छ । समिति निर्वाचित समानुपातिक समावेशी प्रणाालीको नीतिअनुसार हुने पार्टीले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  २०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro