site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घिमिरे बने किक बक्सिङको विश्व विजेता

काठमाडौं । नेपाली युवा किक बक्सर अविरल घिमिरे किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका छन् । इन्टरनेसनल स्पोर्ट्स किक बक्सिङ एसोसिएसनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा शनिबार आयोजित इन्टरनेसनल किक  बक्सिङ (इस्का)  प्रतियोगितामा उनी फ्रान्सका बक्सर एन्टोनिन मार्काेनीलाई ढाल्दै वर्ल्ड च्याम्पियन हुन सफल भएका हुन् ।

बक्सर घिमिरेले प्रतियोगिताका निम्ति थाइल्यान्डको फुकेट सहरमा रहेको टाइगर मोओथाई अन्तर्राष्ट्रिय क्लबमा दुई महिनाको विशेष बन्द प्रशिक्षण आफ्नै खर्चमा लिएका थिए । यो ऐतिहासिक सफलतासँगै  घिमिरे इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी बन्न सफल भएका हुन् ।

इस्काको उपाधि चुमेपछि बक्सर घिमिरेले आफ्नो जितका निम्ति पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, आफूले प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसला प्रदान गर्ने नेपाली, कोरियाली तथा जापानी खेलप्रेमीलाई विशेष धन्यवाद दिए । आउँदा दिनमा पनि नेपाली दर्शकले यसैगरी हौसला दिने उनको विश्वास छ ।

‘हिमालय चितुवा’का रूपमा विश्व प्रसिद्ध भएका घिमिरे उक्त प्रतियोगितामा आमनेसामने हुने पहिलो नेपाली बक्सर हुन् । प्रतियोगिताको मुख्य आकर्षणका रूपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच)मा घिमिरेले पहिलो राउन्डमै आफ्ना प्रतिस्पर्धी मार्कोेनीलाई रिङमा ढालेर  इन्टरनेसनल किक  बक्सिङको उपाधि चुमे ।

हालसम्म प्रोफेसनल किक बक्सिङ हिट प्रतियोगिताका १४ खेलको अपराजित यात्राको जित हासिल गर्ने क्रममा उनले चारपटक हिट प्रतियोगिताको टाइटल म्याचको उपाधि (बेल्ट) रक्षा गर्दै ‘मिडल वेटको रेकर्ड’ समेत कायम राख्न सफल भएका थिए ।

उनले विश्व प्रसिद्ध के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा खेल्दै दुई इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई नकआउट गर्न सफल भएका थिए । हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्यान्ड्स, थाइल्यान्डलगायत देशका बक्सरलाई पराजित गरिसकेका घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झन्डा फहराउँदै विश्वमा पहिचान बनाउन सफल भएका छन् ।

जापानको नागोयामा अविरल आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक कराँते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका छन् ।

कराँते खेलाडी देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न के वान प्राफेसलन किक बक्सिङ प्रतियोगितामा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन् । चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधाराका बासिन्दा उनको परिवार हाल जापानको नागोयामा बसोबास गर्दै आएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro