site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्राधिकरणले काट्यो ३४ उद्योगको लाइन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् बक्यौता नर्तिने ३४ उद्योगको विद्युत् लाइन काटेको छ । गत असोज २४ गते प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगहरूको विवरण सार्वजनिक गर्दे वक्यौता तिर्न कात्तिक ८ गतेसम्मको समयसीमा दिएको थियो ।

यो अवधिमा ८ उद्योगले भने वक्यौता तिरेको प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले जानकारी दिए । बाँकी सातवटा उद्योगको भने अदालतमा मुद्दा विचाराधीन भएकाले लाइन नकाटिएको उनले बताए । 

“हामीले दिएको समयसीमामा आठवटा उद्योगबाट वक्यौता तिरियो । अन्यले पनि तिर्ने भनिरहेका छन् । तर, केही प्राविधिक कारणले ती उद्योगले वक्यौता नतिरेपछि हामी लाइन काट्न बाध्य भएका छौँ,” उनले बाह्रखरीसित भने, “अहिलेसम्म लाइन कुन–कुनको काटियो भनेर मसम्म तथ्यांक आइसकेको छैन । तर, बक्यौता नतिर्ने ३४ वटाको लाइन काटिएको हो ।”

दुईवटा सरकारी उद्योग भएकाले ती उद्योगको भने लाइन नकाटिएको उनले बताए । स्रोतका अनुसार घोराही सिमेन्ट, सोनापुर मिनरल एण्ड आयल, कसमस सिमेन्ट, एस.आर फुड्स, गोयन्का फुड्स, श्याम प्लास्टिकलगायतको लाइन काटिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro