site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलो हाफमा श्रीलंकाको पोस्टमा नेपालको चार गोल

काठमाडौं । साफ महिला च्याम्पियनसिप, २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा घरेलु टिम नेपालले पहिलो हाफमा ४–० को अग्रता बनाएको छ । 

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाललाई अग्रतामा राख्न रेखा पौडेलले दुई गोल गरिन् । सविता रानामगर र सावित्रा भण्डारी (साम्बा)ले समान एक गोल थपे । 

Dabur Nepal
NIC Asia

खेलको पहिलो मिनेटबाटै आक्रमण बुनेको नेपाललाई आठौँ मिनेटमा सविताले अग्रता दिलाइन् । सावित्राले राइट साइडबाट दुई श्रीलंकन रक्षकलाई बिट गर्दै निकालेको क्रसमा सविताले ‘फर्स्ट टच’ गोल गरिन् । सावित्रालाई मध्य भागबाट सरु लिम्बुले पास मिलाएकी थिइन् । १२औँ मिनेटमा सावित्राले नै नेपालको अग्रता दोब्बर बनाइन् ।

सावित्राले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार सेकेन्ड बारमा उत्कृष्ट गोल भएको थियो । त्यसको अर्को मिनेटमै नेपालले तेस्रो गोल गर्‍यो । नेपालकी रेखाले खेलको गोल गर्दै घरेलु समर्थकमाझ अग्रतालाई ३–० मा राखेकी हुन् । लेफ्ट साइडबाट अमिषा कार्कीले निकालेको क्रसलाई रेखाले भली प्रहार गर्दै जाली चुमाइन् ।

३६औँ मिनेटमा रेखाले नेपालको तर्फबाट चौथो गोल गरिन् । बक्सबाहिरबाट सावित्राले गरेको प्रहार ६ यार्ड बक्समा रहेकी रेखालाई ‘डिफ्लेक्ट’ हुँदै गोल भएको हो ।

प्रतियोगिताको समूह विजेता बन्न नेपाललाई आज ६ गोल अन्तरको जित आवश्यक छ । समूह ‘बी’मा रहेको नेपालले दुई खेलबाट चार अंक जोडेको छ । जुन शीर्ष स्थानको भुटानभन्दा तीन अंक कम हो । आजको खेलमा जित निकाले नेपालको पनि सात अंक नै जोड्ने छ । तर, गोल आधारमा भुटानलाई पछि पार्न नेपाललाई ६ गोलअन्तरको जित आवश्यक परेको हो । श्रीलंका तीन अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro