site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चक्रवात दानाको त्रासले सुरक्षित स्थानतर्फ जाँदै १० लाखभन्दा बढी भारतीय 

कोलकाता । भारतको पूर्वी तटमा कम्तीमा १० लाखभन्दा बढी मानिस सुरक्षित आश्रयस्थलतर्फ गइरहेका मन्त्रीहरूले बिहीबार बताएका छन् ।  

चक्रवात दानाले पश्चिम बंगाल र ओडिसा राज्यमा लगभग १५ करोड मानिसको आश्रयस्थललाई प्रभावित गर्ने सम्भावना रहेको भारतीय मौसम ब्युरोले जनाएको छ ।

मौसम ब्युरोले हावा १२० किलोमिटर प्रतिघण्टाको गतिमा पुग्ने अनुमान गरेको छ । चक्रवातको समयमा प्रमुख एयरपोर्टहरू बन्द गरिने जनाइएको छ  ।

शुक्रबार बिहान धामरा बन्दरगाहनजिकै अवतरण गर्ने पूर्वानुमान गरिएको चक्रवातले छिमेकी बंगालादेशमा समेत असर गर्ने अनुमान छ ।

चक्रवातका कारण आउने छालले तटीय क्षेत्र डुबानमा पार्ने र पानी सामान्य ज्वारको स्तरभन्दा दुई मिटर माथि बढ्ने पूर्वानुमान गरिएको छ ।

ओडिसा राज्यका स्वास्थ्यमन्त्री मुकेश महालिङले तटीय क्षेत्रबाट करिब १० लाख मानिसलाई चक्रवातबाट सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

छिमेकी पश्चिम बंगाल राज्यका मन्त्री बङ्किम चन्द्र हजाराले एक लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन् । उनले जीवन बचाउन समुद्र तटका रिसोर्ट तथा व्यवसाय बन्द गर्न आदेश दिइएको तथा पर्यटकलाई उक्त स्थान छोड्न आग्रह गरिएको जनाएका छन् ।

कोलकाता विमानस्थलका निर्देशक प्रवत रञ्जन बेउरियाले पूर्वानुमान गरिएको तीव्र हावा र वर्षाका कारण बिहीबार राति उडान स्थगित गरिने बताएका छन् ।

भुवनेश्वर सहरको विमानस्थलले पनि उक्त समयमा उडान बन्द गर्ने जनाएको छ । कैयाँै रेल सेवा स्थगित गरिएका छन् ।

बंगलादेशका विपद्मन्त्री फारुक–ए–आजमले उद्धार अधिकारी उच्च सतर्कताका साथ बसेको बताउँदै भारतमा पनि खराब आँधी आउने पूर्वानुमान गरिएकाले निकासी आदेश जारी नगरिएको बताएका छन् । 

वैज्ञानिकका अनुसार, जीवाश्म इन्धन जलाइँदा उत्पन्न जलवायु परिवर्तनका कारण विश्व तातो हुँदै जाँदा चक्रवात तथा आँधीबेहरी अझै शक्तिशाली हुँदै गइरहेका छन् । रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro