site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितपुर महानगरले ६ स्थानीय तहलाई तीन करोड ५० लाख आर्थिक सहयोग गर्ने

पाटन (ललितपुर) । गत असोज ११ र १२ गतेको बाढीपहिरोले प्रभावित भएका ललितपुर र काठमाडौंका ६ स्थानीय तहलाई ललितपुर महानगरले आर्थिक सहयोग गर्ने भएको छ ।

बुधबार बसेको महानगर कार्यपालिका बैठकले ललितपुरका पाँच स्थानीय तहलाई ५० लाख र काठमाडौंको दक्षिणकाली नगरपालिकालाई एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

“ललितपुरका गोदावरी र महालक्ष्मी नगरपालिका, वाग्मती, महाकाल र कोन्ज्योसोम गाउँपालिकालाई ५० लाख र काठमाडौंको दक्षिणकाली नगरलाई एक करोड दिने निर्णय भएको छ,” उनले भने, “विपद् व्यवस्थापनमा सहयोग पुगोस् भनेर सहयोग गरेका हौँ । समस्या परेका बेला छिमेकी पालिकालाई सहयोग गर्नु हाम्रो धर्म हो, यो सहयोगले बिग्रिएका, भत्किएका संरचना पुनर्निर्माण गर्न र जनजीवन सहज बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

ललितपुरको दक्षिण भेगमा रहेका गोदावरी, महांकाल, कोन्ज्योसोम र वाग्मतीलाई संघीय सरकार र प्रदेश सरकारले विपद् संकटग्रस्त पालिका घोषणा गरेका छन् । रासस

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  २३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro