site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन महिनामा ६ अर्बका ईभी आयात, तीन अर्ब ७४ करोड राजस्व संकलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२को तीन महिनामा ६ अर्ब बढीका विद्युतीय गाडी (ईभी) आयात गरिएको छ । भन्सार विभागका अनुसार साउन, भदौ र असोज महिनामा दुई हजार ५१८ विद्युतीय जीप, कार तथा भ्यान आयात गरिएको हो ।

यी गाडीको आयात मूल्य ६ अर्ब ११ करोड ६० लाख ६२ हजार रुपैयाँ छ । यसबाट सरकारले तीन अर्ब ७४ करोड ५४ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत वर्षको यस अवधिमा दुई हजार १३५ ईभी आयात गरिएको थियो । पाँच अर्ब १७ करोड ७१ लाख मूल्य बराबरका ईभीबाट सरकारले दुई अर्ब २४ करोड २१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

गत वर्षको तुलनामा चालु आवमा ईभीको आयात बढेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro