site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बिल गेट्सले कमला ह्यारिसलाई गरे पाँच करोड डलर सहयोग

काठमाडौं । अमेरिकी अर्बपति एवं माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले राष्ट्रपति उमेदवार कमला ह्यारिसको पक्षमा पाँच करोड अमेरिकी डलर दान गरेका छन् ।

ह्यारिसको पक्षमा पैसा संकलन गरिरहेको समूह फ्युचर फरवार्डलाई बिल गेट्सले रकम दिएको न्युर्योक टाइम्सले जनाएको छ । डेमोक्रेटतर्फकी उमेदवार ह्यारिस रिपब्लिकनका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नोभेम्बर ५ मा हुने राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्दै छिन् ।

Dabur Nepal
NIC Asia

न्युर्योक टाइम्सलाई प्रतिक्रिया दिँदै उनले दुवै पक्षसँग मिलेर काम गर्ने बताएका छन् । उनले यो चुनाव फरक भएको टिप्पणी भने गरेका छन् ।

स्वास्थ्य, गरिबी र जलवायु परिवर्तनविरुद्ध अमेरिका र विश्वभर काम गर्न स्पष्टरूपमा प्रतिबद्ध उमेदवारलाई समर्थन गर्ने उनको भनाइ छ ।

बिल गेट्सकी पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्सले कमला ह्यारिसलाई समर्थन गरेकी थिइन् ।

अर्का चर्चित अमेरिकी अर्बपति एलन मस्कले ट्रम्पलाई खुलेर समर्थन गरिरहेका बेला गेट्सले ह्यारिसलाई समर्थन गरेको खुलेको हो ।

न्युयोर्क टाइम्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro