site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टेस्लाका २४ लाख गाडीमाथि छानबिन हुँदै

काठमाडौं ।  अमेरिकाको सडक सुरक्षा निकायले टेस्लाका २४ लाख गाडीमाथि अनुसन्धान गर्न थालेको छ । मानवीय क्षतिसहित चार दुर्घटनापछि टेस्लाको पूर्ण स्वचालित सफ्टवेयरलाई लिएर छानबिन हुन लागेको हो ।

अमेरिकाको राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासनले गत शुक्रबार हुस्सु, तुवालो, धुलोलगायत अवस्थामा टेस्लाको सेल्फ ड्राइभिङ सिस्टममाथि छानबिन गर्न थालेको बताएको हो ।

सन् २०१६ देखि २०२४ सम्मका एस र एक्स मोडल छानबिनमा परेका छन् । यस्तै, सन् २०१७ देखि २०२४ सम्मका मोडल ३, सन् २०२० सन् २०२४ सम्मका मोडल वाई र सन् २०२३ देखि सन् २०२४ सम्मका साइबर ट्रकमाथि छानबिन हुने बताइएको छ ।

टेस्लाका सीईओ एलन मस्क ईभी गाडीदेखि अब स्वचालित रोबोट्याक्सी सार्वजनिक गरी स्वचालित गाडीको विकासतर्फ लागेका छन् । यस्तोमा टेस्लाका ठूलो संख्याका गाडी छानबिनमा तानिएका हुन् ।

द गार्डेनबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro