site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुसँगको बैठकमा आफूलाई तानाशाही भन्दा पनि जवाफ नदिएर बसेको बताएका छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमार्फत् बताएअनुसार प्रधानमन्त्री ओलीले आफूले रवि लामिछानेमाथि प्रतिशोध नसाँधेको बताएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“मलाई कुनै प्रतिशोधको राजनीतिक गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनु दिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ । अरु दल र स्वयम् रविजीले गठन गरौँ भनेपछि समिति बन्यो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो ।”

उनले आफूलाई तानाशाही भनिएको बताउँदै भनेका छन्, “अहिले कतिपय ठाउँमा मलाई तानाशाह भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलार्य कुनै स्टन्टबाजी गर्नु छैन । साथीहरुले त्यसो गर्नु राम्रो होइन ।” 

Royal Enfield Island Ad

उनले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने कुनै योजना नभएको बताएका थिए ।

“विगतमा नेकपा एमालेलाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरुलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ । तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन,” ओलीको भनाइ थियो ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro