site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओली सरकार भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो, अब विरोधका कार्यक्रम गर्छौं : प्रचण्ड

जुम्ला । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनविश्वास नरहेको बताएका छन् । 

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिले आज आयोजना गरेको जनसभालाई सम्बोधन गर्न जुम्लाको कनकासुन्दरी गाउँपालिकाको गोरुचौर पुगेका प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाए ।

प्रेस सेन्टरले कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटमा उनले भने, “मैले उति बेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो । सरकार गठनको तीन महिना पुग्दै छ । तपाईहरूले सबै देखिरहनुभएको छ ।”

उनले सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरु गर्ने पनि बताए । “सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले हनिमुन पिरियड मानिने सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य विरोधका कार्यक्रम गरेका छैनौँ । सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरु हुन्छन् ।”

अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले देशभित्र भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तथा अन्तर्राष्ट्रियरूपमा नेपालमा प्रतिष्ठा अभिवृद्धि गर्न पहलकदी लिइरहेको बेला संसद्को पहिलो र दोस्रो दलले आफूलाई हटाएको बताए । रासस
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  २१:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro