site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अदालतले रवि लामिछानेलाई बुधबार छोड्छ : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले अदालतले रवि लामिछानेलाई बुधबार छाड्ने विश्वास गरेका छन् । सोमबार पोखरामा सञ्चारकर्मीसँग कुराकानी गर्दै परियारले अदालतप्रति रास्वपाको उच्च सम्मान रहेको र बुधबार अदालतले लामिछानेलाई जेलमा राखेर अनुसन्धान गर्नुपर्दैन भनेर छाड्ने विश्वास रहेको बताए ।

उनले नेपालको इतिहासमा खासखास समयमा अदालतले न्याय सम्पादन गरेको बताए । उनले सरकारले अदालतको न्यायप्रणालीलाई बिगार्ने काम गरेको आरोप पनि लगाए ।

Dabur Nepal
NIC Asia

"बुधबार कार्की अदालतले रवि लामिछानेलाई जेलमा राखेर अनुसन्धान गर्नुपर्ने केही छैन भनेर छाड्छ भन्ने विश्वास छ । अदालतप्रति विश्वस्त छौँ," उनले भने ।

प्रमुख सचेतक परियारले पोखरामा सबै बाहिरबाट पार्टीका कार्यकर्ता नआएको पनि जिकिर गरे । "अन्यायविरुद्ध बोल्न केही बाहिरबाट कार्यकर्ताहरू आउनुभएको छ । तर, बाहिर भनेजस्तो सबै साथीहरू बाहिरबाट आउनुभएको छैन । पोखरा रवि लामिछानेको पक्षमा एक दिन जुरुक्क उठ्ने छ । सरकारविरुद्ध लाग्नेछ । हाम्रो विश्वास अदालतप्रति छ तर सरकारप्रति छैन," उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  २०:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro