site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीपहिरो प्रभावित किसानलाई राहत दिने काम अघि बढिसक्यो’  
Tiktok banner adTiktok banner ad

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालैको बाढीपहिरोबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउने काम अघि बढिसकेको जनाएको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिनमा भएका कामकारबाहीका बारेमा जानकारी दिन सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बाढीपहिरोका कारण कृषि तथा पशुपन्छी विकास क्षेत्रमा करिब ६ अर्ब नोक्सानी भएको भन्दै प्रभावित किसानलाई राहत उपलब्ध गराउने काम अघि बढिसकेको बताए । 

उनले वर्तमान सरकार गठन भएको एक सय दिनको अवधिमा एक लाख ५० हजार थप किसान सूचीकृत भएको जानकारी दिए । 

किसान परिचयपत्र वितरणका लागि कार्यविधि स्वीकृतिको प्रक्रियामा रहेको मन्त्रालयले तयार पारेको एक सयदिने प्रगति विवरणमा उल्लेख छ । रासायनिक मलको सहज आपूर्ति तथा बिक्री वितरणका लागि हालसम्म ४ लाख ६० हजार मेटिक टन मल आयातका लागि टेन्डर भइसकेको मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro