site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्युजिल्यान्ड नयाँ महिला विश्वकप विजेता, दक्षिण अफ्रिका दोस्रो पटक उपविजेता

काठमाडौं । फाइनलमा दक्षिण अफ्रिकाविरुद्ध ३२ रनको जित निकाल्दै न्युजिल्यान्ड आईसीसी ट्वान्टी–२० महिला विश्वकपको नयाँ च्याम्पियन बनेको छ । 

आइतबार राति भएको फाइनलमा न्युजिल्यान्डले प्रस्तुत गरेको १५९ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२९ रनमात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाकी ओपनर तथा कप्तान लौरा वुल्भरडिटले ३३ रन बनाए पनि टिमको हार टार्न सकिनन् । ओपरनद्वय लौरा ताज्मिन ब्रिट्सले ६.५ ओभरमा ५१ रन बनाउँदै दक्षिण अफ्रिकालाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, यसपछिका ब्याटर सस्तैमा पभेलियन फर्किँदा दक्षिण अफ्रिका जितसम्म पुग्न सकेन ।

ब्रिट्जले १७ रन बनाइन् । यस्तै, क्लोइ ट्रायोनले १४ र एनरी डेर्कसेनले १० रन थपिन् । अन्य ब्याटर भने दोहोरो अंकसम्म पुग्न सकेनन् ।

न्युजिल्यान्डका रोसमेरी माइर र अमिलिया केरले समान तीन विकेट लिए । यस्तै, एडेन कार्सन, फ्रान जोनस र ब्रुकी हालिडेले समान एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५८ रनको योगफल खडा गरेको थियो । न्युजिल्यान्डकी अमिलिया केरले ४३ रन बनाएकी थिइन् । ब्रुक हालिडेले ३८ र सुजी बाट्सले ३२ रन थपिन् । मेडी ग्रीन १३ रनमा अविजित रहिन् ।

दक्षिण अफ्रिकाकी नोन्कुलुलेको एम्लाबाले दुई विकेट लिइन् । आयाबोंगा खाका, क्लोइ ट्रायोन र नदिन डे क्लर्कले एक–एक विकेट लिए ।

जितसँगै न्युजिल्यान्ड ट्वान्टी–२० विश्वकपको नयाँ च्याम्पियन बनेको हो । यसअघि, महिला ट्वान्टी–२० विश्वकपको इतिहासमा अस्ट्रेलियाले सर्वाधिक ६ पटक उपाधि जितेको छ । इंग्ल्यान्ड र वेस्ट इन्डिजले समान एक पटक उपाधि जितेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro