site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दक्षिण एसियामा विद्यमान भाषिक चुनौतीलाई सम्बोधन गर्न ब्रिटिस काउन्सिलको सम्मेलन

काठमाडौं । ब्रिटिस काउन्सिलले नेपालमा दक्षिण एसिया केन्द्रित शिक्षामा भाषासम्बन्धी सम्मेलनको आयोजना गरेको छ । सम्मेलन सेप्टेम्बर १४–१५ मा काठमाडौंमा आयोजना गरेको हो । कार्यक्रमले नेपाल, भारत र पाकिस्तानका शिक्षाविद्, नीतिनिर्माता र अनुसन्धानकर्ताहरूलाई बालबालिकाको समग्र विकासमा भाषाले खेल्ने महत्त्वपूर्ण भूमिकालाई सम्बोधन गर्न एकताबद्ध गरेको जनाइएको छ ।

सम्मेलनको उद्देश्य सिकाइको आधारभूत तत्वको रूपमा भाषामा जोड दिने र शिक्षानीतिहरू व्यावहारिक र प्रभावकारी रूपमा कार्यान्वयन भएको सुनिश्चित गर्ने रहेको थियो ।

Dabur Nepal
NIC Asia

सम्मेलनमा छलफल गरिएका मुख्य विषयहरूमध्ये शिक्षा र सिकाइका उपलब्धिमा भाषाको महत्त्वपूर्ण प्रभावलाई जोड दिँदै भाषाहरूको भूमिकामाथि प्रकाश पारिएको थियो । सम्मेलनले नेपाल, भारत र पाकिस्तानमा भाषा–शिक्षा नीतिहरूको साझा बुझाइ निर्माण गरी स्थानीय नीतिहरू बुझ्नुपर्ने आवश्यकतालाई जोड दिएको जनाइएको छ ।

कार्यक्रममा यस क्षेत्रका सफल अभ्यासहरू साझा गर्ने र तिनको प्रभावकारिताका अन्तर्निहित कारणहरू पत्ता लगाउने, बहुभाषिक शिक्षा कार्यान्वयन गर्न विभिन्न दृष्टिकोणहरूबारे छलफल भएको थियो । यसबाहेक बहुभाषिक शिक्षाको अन्वेषणमा विभिन्न कार्यान्वयन रणनीतिहरू, तिनका लाभ र चुनौतीबारे छलफल गरिएको थियो । बहुभाषिक शिक्षा सन्दर्भमा अंग्रेजी भाषाको भूमिका पनि विश्लेषणको विषय थियो ।

"भाषा सिकाइ तथा बुझाइको लागि पुल हो । शिक्षामा परिचित भाषाहरूलाई प्राथमिकता दिएर, हामी बालबालिकाको पूर्ण क्षमतालाई उजागर गर्छौं र उनीहरूको सफलताको लागि मार्ग प्रशस्त गर्छौं । यो सम्मेलन दक्षिण एसियाभरि त्यस दृष्टिकोणलाई यथार्थमा परिणत गर्ने दिशामा एउटा महत्वपूर्ण कदम हो," ब्रिटिस काउन्सिल नेपालका अंग्रेजी प्रमुख भोगेन्द्र लामिछानेले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro