site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘नेवाः संस्कार व उकिया विधि’पुस्तक नेपाली र अंग्रेजी भाषामा सार्वजनिक

काठमाडौं । दया फाउन्डेसनले स्वर्गीय बलदेव जुजूले नेपाल भाषामा लेखेको पुस्तक ‘नेवाः संस्कार व उकिया विधि’लाई नेपाली र अंग्रेजी भाषामा तयार पारेर सार्वजनिक गरेको छ ।

पुस्तकमा नेवारहरूले आफ्नो जीवनमा गर्नुपर्ने विविध संस्कारबारे उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अनुवादित पुस्तकसँगै दया फाउन्डेसनको संस्कृति क्षेत्रमा गरेका विभिन्न गतिविधिबारे प्रकाशित स्मारिका पुस्तक ‘कल्चर थ्रू दी आइज अफ युथ’ पनि ल्याएको छ । जसको विमोचन आइतबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले गरिन् ।

‘नेवाः संस्कार व उकिया विधि’ पुस्तकको नेपालीमा अनुवाद सञ्जय शर्मा राजोपाध्याय् र अङ्ग्रेजी भाषामा अनुवाद आभास धरनन्द राजोपाध्यायले गरेका हुन् । यस पुस्तकलाई संस्थाको वेबसाइट दया फाउन्डेसन डट ओआरजी डट एनपीमार्फत डाउनलोड पनि गर्न सकिने छ ।

image-(4)-1729445300.jpg
 

पुस्तक विमोचन समारोहमा नेपालका लागि नर्वेका राजदूत टोरुन द्रमदल, काठमाडौं महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष न्हुच्छे काजी महर्जन, वडा नम्बर १९ का अध्यक्ष राजेशकुमार श्रेष्ठ, वडा नम्बर २० का अध्यक्ष राजेन्द्र मानन्धर, वडा नम्बर २२ का अध्यक्ष चीनी काजी महर्जन, वडा नम्बर २३ का अध्यक्ष मचा राजा महर्जन, त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा जापानका लागि नेपाली पूर्वराजदूत केदारभक्त माथेमालगायत सहभागी थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  २३:१३
प्रतिक्रिया दिनुहोस्