site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्वान्टी–२० महिला विश्वकपको फाइनल आज, नयाँ विजेता पाउँदै 

काठमाडौं । आईसीसी महिला ट्वान्टी–२० विश्वकपको फाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड उपाधिका निम्ति मैदान उत्रिँदा प्रतियोगिताले नयाँ विजेता पाउनेछ । 

यसअघि गत संस्करणमा पनि फाइनलसम्मको यात्रा तय गरेको दक्षिण अफ्रिका उपाधि भिड्न्तमा भने अस्ट्रेलियासँग १९ रनले निराश बनेपछि उपविजेतामा सीमित बनेको थियो । यता, न्युजिल्यान्ड भने पहिलोपटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो ।

महिला विश्वकपको इतिहासमा हालसम्म आठ संस्करण समाप्त भइसक्दा ६ पटक अस्ट्रेलियाले उपाधि चुमेको छ । यसबाहेक इंग्ल्यान्ड र वेस्ट इन्डिज समान एकपटक ट्वान्टी–२० महिला विश्वकप च्याम्पियन बनेको इतिहास छ । 

युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी प्रतियोगिताको सेमिफाइनलमा न्युजिल्यान्डले वेस्ट इन्डिजविरुद्ध आठ रनको जित निकालेको थियो । 

गत संस्करणको उपविजेता दक्षिण अफ्रिकाले प्रतियोगिताकै सबैभन्दा सफल टोली अस्ट्रेलियाविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो । 

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने फाइनल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेदेखि सुरु हुनेछ ।  

प्रतियोगिताको यस संस्करणमा कुल १० टोलीको सहभागिता थियो ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १३:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro