देश
काठमाडौं । कास्कीको सहिद चोकमा प्रर्दशनमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तालाई प्रहरीले हटाएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा रास्वपाले प्रदर्शन गर्न थालेपछि प्रहरीले प्रर्दशनकारीलाई हटाउन बल प्रयोेग गरेको छ ।
सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र तोकेको छ । प्रदर्शन गरिरहेका रास्वपाका कार्यकर्तालाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेल भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१ १२:५२
प्रतिक्रिया दिनुहोस्