site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झापामा ठक्करबाट मोटरसाइकल चालकको मृत्युपछि बसमा आगजनी
Tiktok banner adTiktok banner ad

विराटनगर । झापाको कमल गाउँपालिकामा बसको ठक्कबाट मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन् ।

कमल–५ पाडाजुंगी चोकमा शनिबार दिउँसो यात्रुवाहक बसले मोटर साइकललाई ठक्कर दिएको थियो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ (ख) ३४३५ नम्बरको यात्रुवाहक बसले उतैबाट आउँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णबहादुर चन्दका अनुसार, मृतक अन्दाजी ५० वर्षीय पुरुष हुन् । मोरङ घर बताइएको उनको पहिचान खुल्न बाँकी छ ‌ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार, बसले करिब १०० मिटर परसम्म मोटरसाइकललाई घिसार्दै लगेको थियो ।

बसका चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै आक्रोशित स्थानीयले बसमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro