site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रविविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै ठूलो संख्यामा प्रहरी टोली रास्वपाको केन्द्रीय कार्यालयमा
SkywellSkywell

काठमाडौं । जिल्ला अदालत कास्कीले रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेसँगै प्रहरीको एक टोली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय वनस्थलीमा पुगेको छ ।

अहिले रास्वपाको केन्द्रीय कार्यालयमा ठूलो संख्यामा सञ्चारकर्मी र रास्वपाका समर्थकहरूको उपस्थिति छ ।

KFC Island Ad
NIC Asia

यसअघि, कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता देखिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन दिएको थियो ।

सोही प्रतिवेदनका आधारमा अनुसन्धान गर्न प्रहरीले उनीविरुद्ध पक्राउ अनुमति मागेको हो । कास्की जिल्ला अदालतबाट उनलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी लिएको हो । सहकारी हिनामिना प्रकरणमा मुछिएका उनलाई पक्राउ गर्न अदालतबाट प्रहरीले पुर्जी लिएको हो ।

यसअघि सोही प्रकरणमा लामिछानेका पूर्वसाझेदार तथा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परिसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro