site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सगरमाथामा फेला पर्‍यो १०० वर्ष पहिले आरोहण प्रयास गरेका आरोहीको जुत्ता

काठमाडौं । सगरमाथामा १०० वर्ष पहिले आरोहण प्रयास गरेका एक आरोहीको जुत्ता फेला परेको छ । वृतचित्र निर्माण गर्न सगरमाथा पुगेको ‘नेशनल जियोग्राफिक’को टोलीले १०० वर्ष पहिले सगरमाथा आरोहणको प्रयास गरेका एन्ड्रयु स्यान्डी इरभिनको जुत्ता फेला परेको हो । 

एन्ड्रयु र जर्ज म्यालोरी सन् १९२४ मा सगरमाथा आरोहणमा गएका थिए । यी दुवैजना आरोहणका क्रममा बेपत्ता भए । जर्ज म्यालोरीको शव सन् १९९९ मा फेला परेको थियो । सन् २०२४ को सेप्टेम्बरको अन्तिम साता ‘नेशनल जियोग्राफिक’को टोलीले एन्ड्रयुको जुता र जुत्ताभित्र रहेको खुट्टा फेला पारेका हुन् ।

‘नेशनल जियोग्राफिक’ टोलीका एक सदस्य मार्क फिसरले भने, “जुत्तामा नेम प्लेट थियो ।” एन्ड्रयु र जर्ज म्यालोरी सगरमाथाको चुचुरोमा पुगे कि पुगेनन् भन्ने अझै प्रमाण भेटिएको छैन । एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गर्नुभन्दा तीन दशकअगाडि नै सगरमाथा एन्ड्रयु र जर्ज आरोहणका लागि गएका थिए ।

‘नेशनल जियोग्राफिक’का अनुुसार उनीहरूले सगरमाथाको उत्तरी मोहडाभन्दा तल रहेको रोङबुक हिमनदीमा एन्ड्रयुको उक्त जुत्ता फेला पारेका हुन् । जियोग्राफिकका वृतचित्र निर्देशक जिम्मि चिन भन्छन्, “मैले मोजा उठाए । अनि त्यसमा सेतो फित्तामा रातो अक्षरमा एन्ड्रयुको नाम लेखिएको थियो ।”

जुत्ताभित्र भेटिएको खुट्टाको अवशेष एन्ड्रयुको हो कि होइन भनेर जाँच गर्न डीएनए परीक्षण गरिने भएको छ । एन्ड्रयुको परिवारले पनि डीएनए जाँचका लागि नमुना दिने बताएका छन् । एन्ड्रयुको परिवारले उनको कुनै पनि अवशेष भेटिने आश मारिसकेको थियो ।

‘नेशनल जियोग्राफिक’को टोलीले सन् १९९३ लेखिएको एउटा अक्सिजन बोतल पनि फेला पारेको छ । ‘नेशनल जियोग्राफिक’को टोलीले फेला पारेको अक्सिजन बोतल एन्ड्रयु हराएपछि सगरमाथा आरोहणका लागि गएको बेलायती आरोही दलले फेला पारेको थियो । यो आरोही दलले एन्ड्रयुको हिम बन्चरो (आइस एक्स) पनि फेला पारेको थियो । 

सन् १९०२ मा जन्मिएका एन्ड्रयु सगरमाथा आरोहणका लागि जाने तेस्रो बेलायती आरोही टोलीका सदस्य थिए । एन्ड्रयु र जर्ज सन् १९२४ को ८ जुनमा सगरमाथा आरोहणका क्रममा हराएका थिए । यी दुईजनालाई अन्तिमपटक सगरमाथाको चुचुरोभन्दा आठ सय फिट तल देखिएको थियो । त्यसपछि यी दुईजना हराएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro