site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बार अध्यक्ष घिमिरेविरुद्धको अवहेलना मुद्दा रेग्मी र चुडालको इजलासमा

काठमाडौं । नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धकोअवहेलना मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको इजलासमा परेको छ । 

गएको असोज १४ गते नै अदालतको अवहेलना निवेदन दर्ता भएकोमा दसैँ बिदा सकेर अदालत खुलेपछि पेसीमा चढेको हो । अवहेलना निवेदन दर्ता गरेका उपरजिष्ट्रार गोविन्द्रप्रसाद घिमिरेले निवेदन फिर्ता लिने सार्वजनिक घोषणा गरिसकेका छन् ।

“म हिजोदेखि निदाउन सकेको छैन । जीवनभर प्रजातन्त्रको पछि लागियो । बा सधैँ यसकै लडाइ लड्नु भयो,” घिमिरेले फेसबुकमा लेखेका थिए, “बार जनताको आवाज हो । लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु ।” उनले अदालत खुलेपछि आफ्ना कुरा राखेर निवेदन फिर्ता लिने पनि बताएका थिए ।

न्यायपरिषद् नियमावली संशोधनविरुद्ध आन्दोलनमा रहेको बारले निर्णय रोक्न गरेको प्रयास असफल पार्दै परिषद्ले असोज ११ मा सर्वोच्च अदालतका दुई न्यायाधीश नियुक्त गरेको थियो । उक्त नियुक्तिमा न्यायपरिषद्का अध्यक्षले लेनदेन गरेको आरोप बार अध्यक्ष घिमिरेले लगाएका थिए । उक्त भनाइले तत्कालीन समयमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको मर्यादामा चोट पुगेको भन्दै घिमिरेविरुद्ध अवहेलनासम्बन्धी प्रतिवेदन दर्ता भएको थियो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro