site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२५ वर्षमा विश्वको आधा खाद्य उत्पादन जोखिममा पर्दैछ !

काठमाडौं । पृथ्वीमा बढ्दै गइरहेको पानीको संकटले आउदो २५ वर्षमा झन्डै आधा खाद्य उत्पादन संकटमा पर्ने जोखिम रहेको एक अध्ययनले देखाएको छ ।

स्वच्छ पानी र अन्य जलस्रोतको संरक्षणका लागि तत्काल कदम नचालेमा यस्तो अवस्था सिर्जना हुने ‘ग्लोबल कमिसन अन दि इकोनोमिक्स अफ वाटर’को रिपोर्टले जनाएको हो ।

विश्वको आधा जनसंख्याले अहिले नै पानी अभावको सामना गरिरहेको र जलवायु संकट बढ्दै जाँदा यो थप बढ्ने अध्ययनको निष्कर्ष छ । यस दशकको अन्त्यसम्म स्वच्छ पानीको माग आपुर्तिभन्दा ४० प्रतिशत बढी हुने रिपोर्टमा उल्लेख छ । 

विश्वभर जलस्रोतहरु अभुतपूर्व दबाबमा परिरहेका कारण यस्तो अवस्था सिर्जना हुने अध्ययनले देखाएको छ । मानिसलाई दैनिक ५० देखि एकसय लिटर पानी आवश्यक पर्ने भनिए पनि दैनिक ४ हजार लिटरसम्म आवश्यक हुने गरेको र यसलाई सरकार तथा विज्ञहरुले कम महत्व दिएको रिपोर्टमा उल्लेख छ ।

पानी वायुमण्डलीय नदी अर्थात् वाफका रुपमा एक क्षेत्रबाट अर्काेमा जाने र त्यसले कुनै देशलाई बढी फाइदा त कुनैलाई कम फाइदा पुग्ने गरेको बताइएको छ । भारत र ब्राजिल हुँदै सबैभन्दा बढी जलवाष्प अन्य क्षेत्रमा जाने र यस्तो वायुमण्डलीय पानीको फाइदा चीन र रुसलाई बढी मिल्ने गरेको अध्ययनले देखाएको छ ।

कमिसनको १९४ पृष्ठ लामो रिपोर्टले विकासोन्मुख देशहरुलाई संकटतर्फ गइरहेको जलस्रोत जोगाउन, फोहरमैला व्यवस्थापन र प्राकृतिक वातावरणको विनाश रोक्न वित्त उपलब्ध गराउनुपर्ने जनाएको छ ।

अध्ययनले हाल करिब २ अर्ब मानिस स्वच्छ खानेपानीको अभाव र ३.६ अर्ब मानिस सुरक्षित फोहरमैला व्यवस्थापनको अभावमा रहेको देखाएको छ  । 

water-(2)-1729143853.jpg
 

प्रत्येक वर्ष एक हजार बालबालिकाले सुरक्षित पानीको अभावका कारण ज्यान गुमाउने गरेको जनाइएको छ। जल संकटको समाधानका लागि संगठित पहल नरहेको विगत ५० वर्षमा राष्ट्र संघले समेत एक मात्र पानी सम्मेलन गरेको बताइएको छ । 

जलवायु परितर्वतनको संकटले अमेजनमा खडेरी, युरोप तथा एसियामा बाढी, हिमालमा हिमताल पग्लिने र त्यसले बाढीसँगै खडेरी सिर्जना गर्ने जस्ता समस्या बढेको रिपोर्टमा उल्लेख छ । प्रमुख वैज्ञानिक तथा अर्थशास्त्री सम्मिलित सन् २०२२ मा नेदरल्यान्डमा गठित कमिसनको अध्ययनले वर्तमान जल संकटको अवस्था, कारण र समाधानका उपाय लगायतको विस्तृत रिपोर्ट सार्वजनिक गरेको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro