site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सर्वोच्चका प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई उजुरी

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेका छन् । एकजनाले आफैँ उपस्थित भएर उजुरी दिएका छन् भने अर्को उजुरी इमेलमार्फत आएको संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने (वस्ती)ले जानकारी दिइन् । 

“निर्धारित समयमा दुईवटा उजुरी परेका छन् । दुवै उजुरी प्रस्तावित न्यायाधीश निरौलाका विरुद्धमा छन्,” सहसचिव लामिछानेले बाह्रखरीसँग भनिन्, “उजुरी माननीयज्यूको उपस्थितमा मात्र खोलिने हुँदा उजुरी विषय अहिले नखुलाउनु उचित हुन्छ ।” 

Dabur Nepal
NIC Asia

उनीसँगै सर्वोच्चको न्यायाधीश सिफारिस भएका नित्यानन्द पाण्डेविरुद्ध भने उजुरी नपरेको उनले जानकारी दिइन् । समसामयिक विषयमै परेकोसम्म भन्न सकिने उनको भनाइ छ । 

संसदीय सुनुवाइ समितिको यही असोज १५ गतेको बैठकको निर्णयबाट सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro