site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उत्कृष्ट काम गर्ने थापालाई आईजीपीले गरे पुरस्कृत
SkywellSkywell

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले वर्षभरी विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरेका छन् । ६९औं प्रहरी दिवस २०८१ का अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरेका हुन् ।

संगठीत अपराध अनुन्धान विधामा उत्कृष्ट काम गर्ने प्रहरी अधिकारीको पुरस्कार प्रहरी उपरीक्षक (एसपी) संजय सिंह थापालाई दिएको छ । थापाको नेतृत्वमा गएको साउनमा त्रिभुवन विमानस्थल हुँदै तस्करी गरी भित्र्याइको ६१ किलो सुनको अनुसन्धान भएको थियो । तर, उक्त सुन तस्करीबारे छानबिन गर्न बनेको समितिले भने अनुसन्धानमा कमजोरी देखाएको थियो ।

KFC Island Ad
NIC Asia

पूर्वन्यायाधीस डिल्लीराम आर्चाय नेतृत्वको समितिले अनुुसन्धान गर्ने प्रहरी अधिकारीलाई नै कारबाही सिफारिस गरेको थियो । तर, तथ्यबिना हचुवाको भरमा छानबिन समितिले प्रतिवेदन तयार पारेको भन्दै आलोचना भएपछि कार्यान्वयन नभइ थन्क्याइएको छ ।

समितिले कारबाही सिफासिर गरिएकामध्ये एआईजी किरण बज्राचार्यलाई समेत उपत्यका प्रहरी कार्यालयको कमाण्ड दिइएको छ । आईजीपी कुवँरले एसपी थापाबाहेक विभिन्न विधामा उत्कृष्ट काम गर्ने डीएसपी ईश्वर थापा, बरिष्ठ सई ऋषिकेश सुवेदी, सई निरीक्षक जीवनकुमार कार्की, सुवाष यादवलाई प्रशंसापत्र प्रदान गरेका थिए ।

उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ डीएसपी यमकुमार श्रेष्ठ, उच्च व्यावसायिक आचरणतर्फ डीएसपी पुरूषोत्तम खड्का, उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी निरीक्षक जितेश दाहाललाई पुरस्कृत गरिएको छ । अन्य प्रहरी अधिकारी पनि पुरस्कृत भएका छन्  ।

अवकाशपछि आफ्नो अनुभवसहितको रचनात्मक भूमिका निर्वाह गरेको भन्दै पूर्वएसपी चिन्तबहादुर बस्नेतलाई कदरपत्र प्रदान गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro