site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वन स्टप सोलुसन बन्दै एनसेल एप

काठमाडौं । एनसेलले आफ्नो सेल्फ केयर एप एनसेल एपलाई थप परिस्कृत गरी नयाँ फिचर थपेको छ । अब एपमा एनसेलका ग्राहकले जल तथा मौसमको बारेमा जानकारी लिन, समाचार पढ्न पाउँछन् । एनसेल एपमा मात्रै पाइने विभिन्न अनलाइन गेमको मजा पनि लिन सकिने एनसेलले जनाएको छ । 

कस्टमर इन्गेजमेन्टका लागि चाडपर्वहरू र हप्ताको अन्तिममा अनलाइन गेम प्रतियोगिता पनि हुने गरेको छ । धेरै अंक प्राप्त गरेका ग्राहकहरूले प्रतियोगिताको अन्त्यमा पुरस्कार जित्नसक्ने बताइएको छ ।

त्यसैगरी, चारवटा विभिन्न डेटा प्याक, पाँचवटा भ्वाइस प्याक र अनलिमिटेड दसैँ अफरबाट पनि ग्राहकले फाइदा लिन सक्छन् । एनसेल एपमा ग्राहकले आफ्नो ह्यान्डसेटमा भोल्टे चल्छ की चल्दैन भनेर एक क्लिकमा नै चेक गर्नसक्ने र चल्ने रहेछ भने एपबाटै भोल्टे सेवा एक्टिभेट गर्न सक्ने सुविधा पनि पाउन सक्छन् । 

एनसेलका अनुसार, एप प्रयोगकर्ताका लागि एप एक्सक्लुसिभ अफरहरू पनि रहेका छन् । जस्तै ११२ मा ७ दिनको समयावधि रहेको ५ जीबी डेटा एनसेल एपमा मात्र खरिद गर्न सकिन्छ । एनसेल एप प्रयोगकर्ताहरूका लागि अन्य विशेष अफरहरु ल्याउने योजना रहेको एनसेलले जनाएको छ ।

एनसेलले पुरानो भर्सनबाट नयाँ एनसेल एपमा अपडेट गर्ने ग्राहकलाई निःशुल्क २०० एमएमबी डेटा दिन थालेको छ । अन्य साझेदारहरूको सहकार्यमा एनसेल एपमा अरु पनि आकर्षक सुविधाहरु समावेश गरिएका छन् । 

नासा सेक्युरिटिजसँगको साझेदारीमा ग्राहकले एनसेल एपमा फास्टेष्ट फिंगर  फस्ट गेम (सबैभन्दा चाँडै डिम्याट खाता खोल्ने) खेल्न सक्छन् र प्रत्येक महिना १२ महिनासम्म स्मार्टफोन जित्न सक्छन् । त्यसैगरी एनसेलले आफ्ना एनसेल एप प्रयोगकर्ताहरुका लागि विभिन्न प्रिमियम ब्राण्डका सामानहरु उपलब्ध गराउने अनलाइन प्लेटफर्म इफार्मेसीसँग साझेदारी गरेको छ । 

यो साझेदारी अन्तर्गत एनसेल एप प्रयोगकर्ताहरुले विभिन्न ब्राण्डका उत्पादनहरुको खरिदमा १० प्रतिशत छुट र निःशुल्क डेलिभरी सेवाको फाइदा लिन सक्छन् । 

यो अपडेटसँगै ग्राहकले अब विविध जानकारीहरूमा सजिलै पहुँच पाउने भएका छन् । ग्राहक अनुभव अभिवृद्धि गर्ने र ग्राहकहरूको डिजिटल यात्रा सहज बनाउन सहयोग पुर्याउने कम्पनीको प्रतिबद्धता बमोजिम नेपाली बजारमा नै उपलब्ध स्थानीय सूचना प्रविधि प्रतिभाहरूमार्फत् एपलाई कम्पनीले अपडेट गर्दै आएको छ । ग्राहकहरूले एपको प्रयोग गर्दा व्यक्तिगतरूपमा सेवा प्रदान गरिएको अनुभव लिन सक्छन् । 

स्थानीय सूचना प्रविधिका प्रतिभा र एप डेभलपमेन्ट क्षमताको प्रयोग गरेर यो एप अपडेट गरिएकाले यसले ठूलो अर्थ राख्ने एनसेलले जनाएको छ । यो एपले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा डिजिटल नेपाल भिजनका आकांक्षाहरू हासिल गर्न पनि योगदान पुर्याउने विश्वास लिएको छ ।

सजिलै भ्वाइस र डाटा प्याकहरू लिन सकिने, अनलाइन रिचार्ज, मासिक बिल, रिसोर्स ट्याकिङ, सेवा सक्रिय वा निष्क्रिय गर्ने, रोमिङ सेवा सुरू गर्नेलगायत अन्य थुप्रै एपमा रहेका विद्यमान सेवासुविधाहरू हुन् ।

एनसेल एपको नयाँ अपडेटेड भर्सन प्लेस्टोर र आईओएस स्टोरबाट सजिलै डाउनलोड वा अपडेट गर्न सकिन्छ । एनसेल एप डाउनलोड गरी लग इन गरेपछि ग्राहकले १ जीबी डेटा निःशुल्क प्राप्त पनि गर्ने एनसेलले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro