site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा हत्या गरिएका को हुन् बाबा सिद्दिकी ? राजनीति र बलिउड दुवैमा प्रभाव

काठमाडौं । भारतमा अजीत पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या गरिएको छ ।

शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौँ राउन्ड गोली प्रहार गरिएको थियो । त्यसपछि उनलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो । उनको छातीमा गोली लागेको बताइएको छ ।

उक्त घटनाको केही समयपछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले पत्रकार सम्मेलनमार्फत बाबा सिद्दिकीको मृत्यु भएको पुष्टि गरेका थिए ।

Dabur Nepal
NIC Asia

मुख्यमन्त्री शिन्देले यो घटनामा दुईजनालाई पक्राउ गरिएको र एक फरार रहेको बताए । पक्राउ पर्नेमा एकजना हरियाणा र एक उत्तर प्रदेशका हुन् ।

झन्डै ४८ वर्षदेखि भारतीय राष्ट्रिय कांग्रेसमा आबद्ध बाबा सिद्दिकी यसै साल फेब्रुअरीमा एनसीपी (अजीत पवार गुट)मा सामेल भएका थिए ।

राजनीति र बलिउड दुवैमा प्रभाव
राजनीतिमा बाबा सिद्दिकीले जति प्रभाव थियो, बलिउडमा पनि उत्तिकै रहेको बताइन्छ ।

उनी १६–१७ वर्षको उमेरदेखि नै कांग्रेससँग निकट रहेका थिए । सन् १९९२ र १९९७ मा उनी कांग्रेसको टिकटमा ‘मुम्बई सिविक बडी’का निम्ति निर्वाचित भए ।

बाबा सिद्दिकी १९९९ मा बान्द्रा (पश्चिम)बाट विधायक निर्वाचित भएका थिए । २००४ र २००९ मा पनि उनले कांग्रेसको टिकटमा सोही सिटबाट चुनाव जितेका थिए । सिद्दिकी २००४ देखि २००८ सम्म महाराष्ट्रको विलासराव देशमुख सरकारमा खाद्य आपूर्तिमन्त्री बनेका थिए ।

उनी सन् २०१४ देखि मुम्बई कांग्रेस कमिटीका उपाध्यक्ष थिए । सिद्दिकी सन् २०००–२००४ सम्म महाराष्ट्र हाउजिङ एन्ड एरिया डेभलपमेन्ट अथोरिटीका अध्यक्ष पनि थिए ।

२०१७ मा ईडीले मनी लाउन्ड्रिङ मुद्दामा बान्द्रामा बाबा सिद्दिकीसँग जोडिएको परिसरमा छापा मारेको थियो । त्यसपछि उनी राजनीतिक रूपमा धेरै सक्रिय भएनन् । उनका छोरा जीशान मात्र बढी सक्रिय थिए ।

२०१४ मा सिद्दिकी बान्द्रा पूर्वबाट भाजपासँग हारेका थिए । तर, २०१९ मा उनका छोरा जीशान सिद्दिकी विजयी भएका थिए ।

Baba-Siddique2-1728786528.jpg
बाबा सिद्दिकीको इफ्तार पार्टी
बाबा सिद्दिकी बलिउडसँगको निकटताका कारण पनि प्रायः चर्चामा रहन्थे । उनी बान्द्रा पश्चिमबाट १५ वर्षसम्म विधायक रहे । उक्त क्षेत्रमा धेरै बलिउड सेलिब्रिटीहरू बस्छन् ।

हरेक वर्ष रमजानको महिनामा उनको इफ्तार पार्टी चर्चामा रहन्थ्यो । उनको इफ्तार पार्टीमा राजनीतिज्ञबाहेक शाहरुख खान, आमिर खान, सलमान खानदेखि सञ्जय दत्तसम्मका बलिउड सेलिब्रिटी पनि उपस्थित हुने गरेका थिए ।

शाहरुख खान र सलमान खानका बीच वर्षौँसम्म चलेको मनमुटावलाई अन्त्य गर्न बाबा सिद्दिकीले महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ ।

उनी कांग्रेसका वरिष्ठ नेता तथा चर्चित अभिनेता सुनील दत्तको पनि निकट थिए । सञ्जय दत्त र प्रिया दत्तसँग पनि सिद्दिकी परिवारको विश्वासिलो सम्बन्ध छ । बीबीसी हिन्दीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  ०८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro