site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीले गरे राष्ट्रिय उद्धार यात्राको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको लक्ष्यका साथ मानव सेवा आश्रमद्वारा सञ्चालित मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्री निवासबाट यात्रा प्रारम्भ भएको हो । यात्राको सफलताको कामना गर्दै उनले मानवता सर्वोच्च धर्म भएकाले यसप्रकारको कार्यमा कुनै समस्या परेमा आफू जस्तोसुकै सहयोग गर्न प्रतिबद्ध रहेको बताए । उनले पहिले मानवता, त्यसपछि देश भन्ने भावनालाई आत्मसात् गर्न आग्रह गरे ।

Dabur Nepal
NIC Asia

प्रधानमन्त्री ओलीले अभियानका सहभागीलाई टीका लगाइदिएर शुभयात्राको कामना गरेका थिए । त्यस अवसरमा प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गायिका आनी छोइङ डोल्मा पनि उपस्थित थिए ।

आश्रमका अध्यक्ष रामजी अधिकारीले कसैले पनि अनाथ भएर बस्नु नपरोस् भन्ने ध्येयले यात्रा आरम्भ गरिएको जानकारी दिए । उक्त यात्रा आउँदो कात्तिक २८ गतेसम्म जारी रहनेछ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  २०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro