site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भुटान भ्रमण निजी थियो : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भुटान भ्रमणका क्रममा आफूलाई गरेको सम्मानलाई सबै नेपालीलाई गरिएको आदरका रूपमा लिएको बताएका छन् । निर्मलनिवासमा शनिबार सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

केही दिनअघि मात्र आफू भुटान गएको र उक्त भ्रमण निजी रहेको उनले उल्लेख गरे । भुटान भ्रमणका बारेमा सबैको चासो र जिज्ञासा रहेको उनले बताए ।

“...अहिले हालै म भुटान गएको थिएँ । त्यसको अहिले चासो र जिज्ञासा भएको छ । त्यो निजी भ्रमण थियो,” उनले भने ।

भुटानको राजपरिवार र त्यहाँका जनताले आफूलाई गरेको स्वागत, सम्मान र मित्रतालाई सम्पूर्ण नेपाली र नेपाललाई गरिएको आदरका रूपमा लिएको उनको भनाइ थियो ।

“त्यहाँका राजपरिवार र भुटानी जनताले मलाई दर्शाएको स्वागत, सम्मान, मित्रता – मैले के ठानेको छु भने, त्यो नेपाल र नेपालीलाई गरेको हो भनेर मैले ठानेको छु,” उनले भने, “तपाईंहरूमार्फत म त्यहाँको राजपरिवार र जनतालाई हृदयदेखि हार्दिक धन्यवाद, कृतज्ञता दिन चाहन्छु ।”

पूर्वराजा शाहले विजयादशमीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना पनि व्यक्त गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro