site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘१२ गाउँ’ले कति गर्‍यो ग्रसकलेक्सन ? 

काठमाडौं । चलचित्र ‘१२ गाउँ’ उत्साहजनक रूपमा चलिरहेको छ । बिहीबार फूलपातीको दिनदेखि प्रदर्शनमा आएको सिनेमाका दुवै दिन अधिकांश शो हाउसफूल भएको निर्माणपक्षले बताएको छ । 

“अधिकांश शो हाउसफूल भएका छन् । हमी हलहलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका छौँ,” विरतक गोविन्द शाहीले भने । 

बिराज भट्टको निर्देशन रहेको चलचित्रमा समीर भट्ट मुख्य भूमिकामा छन् । समीरको यो डेब्यु मुभी छ । समीर बिराजका छोरा हुन् । सिनेमाको घोषणा देखि नै समीर चर्चामा छन् । जसका कारण यो चलचित्रले राम्रो हाइप पनि बनाएको थियो । 

Dabur Nepal
NIC Asia

दुई दिनमा यो चलचित्रकले कति ग्रसकलेक्सन गर्‍यो ? 
“हामीलाई बक्सअफिस रिपोर्ट आउनेक्रम जारी छ । सबै रिपोर्ट आइसकेको छैन । नियमित शो बाहेक पनि शो छन् । ती शोको टिकटको मूल्य कति छ, त्यो रेट हलले हामीलाई नपठाएसम्म ग्रसकलेक्सन यकिन हुँदैन,” वितरक शाहीले बाह्रखरीसँग भने, “त्यसैले अहिले नै यति भनेर भन्न सकिने अवस्था भएन । सबै हलको रिपोर्ट नआएसम्म यकिन हुँदैन ।” 

यकिन तथ्यांक नआए पनि हाउसफूल भएकाले राम्रो कलेक्सन भएको उनको भनाइ छ । 

‘१२ गाउँ’मा विराज भट्ट र समीर भट्ट मुख्य भूमिकामा छन् । न्यान्सी खड्कासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ । एक्सन–थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।

महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro