site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

दसैं लगभग सबै नेपालीले मनाउने एकमात्र चाड हो । दसैंलाई केहीले धार्मिक आवरण दिएर हिन्दुहरूको पर्व देखाउन खोजे पनि यसले सांस्कृतिक अवतार लिइसकेको छ । नवदुर्गाको पूजा गर्ने वा नगर्ने, बलि दिने वा नदिने, रातो वा सेतो अक्षताको टीका लगाउने वा नलगाउने सबैले दसैं मनाउँछन् । यसैले त दसैंलाई नेपालीको साझा चाड भनिएको हो । 

दसैं नमनाउनेहरू पनि यस अवसरलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा मनाउँछन् । परिवार छाडेका परदेशी घर फर्खन दसैं नै पर्खन्छन् भने यही बेला आफन्तहरू परदेशीका बाटो हेरेर बस्छन् । मीठो खाने र राम्रो लगाउने रहर मेट्न दसैं पर्खने चलन पनि अझै हराएको छैन । अहिले त बिरानो थलोमा जन्मेहुर्केका कतिपय केटाकेटीका दसैं पुर्ख्यौली थलोमा फर्केर आफ्नो जरा चिन्ने र माटोसँग  माया गास्ने मौका पनि बनेको छ । 

यस वर्ष पोहोर परारभन्दा दसैंमा घर फर्कनेहरूले बढी नै सास्ती भोग्नु पर्‍यो । हजारौं परिवारले त आफन्तजन, घरवार, श्रीसम्पत्ति गुमाएका छन् । उनीहरूलाई दुःख सहने शक्ति प्राप्त होस् । 

विसं २०८१ को दसैंका अवसरमा बाह्रखरी परिवारका तर्फबाट आफ्ना शुभचिन्तक, पाठक, विज्ञापनदाता, सहकर्मीहरूलगायत समस्त नेपालीमा हार्दिक  मंगलमय शुभकामना   


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro