site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नागढुंगा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग

काठमाडौं । दसैँका लागि काठमाडौं उपत्यका छाडेर घर जाने यात्रु तथा सवारीसाधनको जामका कारण नागढुंगा–नौबिसे सडकको सट्टामा सीतापाइला–धार्के सडकलाई प्रयोगमा ल्याउन थालिएको छ ।

अधिकांश साना सवारीसाधन (हाइस, जीप, कार) सीतापाइला–धार्के सडक भएर जाने गरेको पाइएको छ । नागढुंगा–नौबिसे सडकको जाम छल्नका लागि भए पनि यातायात व्यवसायीहरूले उक्त सडकलाई प्रयोगमा ल्याउन थालेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

संघीय राजधानी काठमाडौ भित्रिँदा र बाहिँरिदा नागढुंगाको जाम छल्न सीतापाइला–धार्के सडक एउटा सशक्त विकल्प तयार हुने यातायात व्यवसायी बताउँछन् । उक्त सडकको प्रयोग गरेर कति सवारीसाधन सञ्चालन हुने गरेका छन् भन्ने यकिन तथ्यांक नभए पनि दिनमा कम्तीमा पनि दुईदेखि तीन सयसम्म सवारीसाधन उक्त सडकको प्रयोग गरेर भित्रिने तथा बाहिरिने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

नागढुंगा–नौबिसे सडकको जाम छल्न यो सडक उपयुक्त भएकाले उक्त सडकको स्तरोन्नति गरिनुपर्ने माग बढेको छ । नागरिक स्तरबाट नै माग बढेपछि सरकारले काठमाडौंतर्फको पाँच किलोमिटर खण्डमा सडक विस्तारको काम सुरु गरिसकको छ । धार्के–सीतापाइला सडक कुल २४ किलोमिटरको भएको र सीतापाइला–रामकोट–भीमढुंगा–महेशफाँट हुँदै धार्केमा जोडिने गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकालले बताए ।

उनले भने, “यो सडक २४ किमीको छ, सीतापाइला–रामकोट–भीमढुंगा–महेशफाँट हुँदै धार्केमा जोडिन्छ, यसको स्तरोन्नतिसहित चाँडै कालोपत्र गर्न सके नागढुंगा–नौबिसे सडकको जाम कम हुनेछ ।”

यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) कुवेत सरकारले तयार पारेको थियो । झन्डै १५ करोड खर्चिएर डीपीआर तयार गरिएको बताइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro