site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
खनालको नेतृत्वमा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग, यी हुन् मन्त्रिपरिषद्का निर्णय
फाइल तस्बिर ।

काठमाडौं । सरकारले बाढीपहिरोका कारण संकटग्रस्त घोषित जिल्लाहरूमा राहत, पुनर्स्थापनाको काम तीव्र ढंगले भइरहेको जनाएको छ ।

मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विपद् संकटग्रस्त घोषित पालिकामा खाद्यान्न पुर्‍याउनेदेखि अवरुद्ध सडक, सञ्चार, विद्युत् पुनः सञ्चालन गर्ने कार्य तीव्र रूपमा भइरहेको बताए ।

उनले प्रभावित नागरिकलाई राहत र पुनर्निर्माणका निम्ति आवश्यक रकम पठाउन जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर आवश्यक व्यवस्थापन गर्ने जिम्मा गृह मन्त्रालयलाई दिइएको जानकारी गराए । अझै केही पालिका विपद् संकटग्रस्त घोषणा हुन सक्ने र त्यस्तो संख्या ६५ सम्म पुग्न सक्ने उनले बताए ।

यस्तै, मन्त्रिपरिषद्ले नेपाल सरकारका पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा विज्ञहरूको पाँच सदस्यीय उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

आरोहणका निम्ति थप ५७ हिमाल खुला गर्न स्वीकृति, हुलाक सेवा विभाग र अन्तर्गतका निकायको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकबाट गरिएको उनले जानकारी दिए ।

मन्त्रिपरिषद्ले दूरसञ्चार दशौँ संशोधन नियमावली, २०८१ स्वीकृत, सेयर तथा ऋण लगानी नीति, २०८१ स्वीकृत र बीउबिजन नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय समेत गरेको उनले बताए । हिमालयन टेली भ्वाइस
 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १४:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro