site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक साताभित्र अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने गृहमन्त्रीको दाबी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले एक साताभित्र डाइभर्जनसहित विपद्का कारण अवरुद्ध बीपी राजमार्गमा सवारी चलाइने बताएका छन् । 

बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा मंगलबार सिन्धुलीको खुर्कोट प्रभावित क्षेत्रको निरीक्षणपछि आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले अतिभारी वर्षाका कारण आएको विपद्बाट सबैभन्दा बढी क्षति भएको बीपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागिरहेको बताए । 

विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागि परेको बताउँदै गृहमन्त्री लेखकले जतिसक्दो चाँडो यो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए । 

विपद्को समस्या सबै मिलेर समाधानमा जुट्नुपर्ने उनकाे भनाइ छ । मन्त्री लेखकले पालिकालाई तत्काल लाभग्राही विवरण पठाउन आग्रह समेत गरे । 

सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरको केही क्षेत्रमा गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देलसहितको टोलीले बाढी/पहिरो प्रभावित क्षेत्रको अनुगमन गरेको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro