site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दोलखामा झगडापछि एक युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

दोलखा । दोलखाको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको छ ।

विगु गाउँपालिका–२, वराङका २२ वर्षीय धीरज ठकुरीको मृत्यु भएको हो । स्थानीयका अनुसार दुई दिनअघि गाउँकै २९ वर्षीय नारायण तामाङसँग झगडापछि ठकुरी बिरामी परेका थिए ।

उपचारका लागि सिंगटी प्राथमिक अस्पताल भर्ना गरिएकामा ठकुरीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अस्पतालको प्रारम्भिक ‘एक्सरे रिपोर्ट’मा मृतकको छातीको दाहिने भागमा रगत र पानी जमेको जस्तो देखिएको प्रहरीको भनाइ छ ।

मृतकको शव परीक्षणका लागि सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पताल ल्याइएको छ । ठकुरीसँग झगडा गरेका तामाङलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाले घटनाबारे अनुसन्धान भइरहेको र शव परीक्षण रिपोर्टपश्चात मृत्युको कारण खुल्ने प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro