site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ह्युमपाइपले जोडियो तातोपानी नाका

सिन्धुपाल्चोक । गएको साता अविरल वर्षासँगैको बाढीपहिरोले अरनिको राजमार्गका विभिन्न पुल क्षतविक्षत भएपछि सडक सञ्जाल विमुख बनेको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ ।

गएको शनिबार साँझ ५ बजे ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याइएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिए । उनका अनुसार, भोटेकोसी गाउँपालिका–२, लार्चामा ह्युमपाइप राखेर साना सवारीसाधन आवतजावत गराइएको छ । ठूला सवारी भने तत्काल सञ्चालन गर्न सकिएको छैन ।

Dabur Nepal
NIC Asia

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार, ह्युमपाइप राखिएसँगै तातोपानीमा रोकिएका सयौँ साना सवारीसाधन ‘पास’ गराइएको छ । लार्चामा ह्युमपाइप राखेर सवारीसाधन सञ्चालन गरिए पनि कोदारीको पहिरो र लिपिङखोलामाथि पुल राख्न अझै बाँकी रहेको उनले बताए ।

लार्चामा ह्युमपाइप निकै गहिरो स्थानमा राखिएकाले ठूला सवारी आवतजावत गराउन कठिनाइ भएको भोटेकोसी गाउँपालिका–३ का वडाध्यक्ष निमासोना शेर्पाको भनाइ छ ।

भोटेकोसीको बाढीले बगाएको लार्चा पुल भएको स्थानमा मानव आवतजावतका निम्ति तुइन समेत राखिएको छ । लार्चामा रहेको बेलिब्रिज बगाएपछि सीमाक्षेत्र लिपिङका स्थानीय सडक सम्पर्कविहीन भएका थिए ।

पुल बगाएपछि ठप्प बनेको तातोपानी नाका लार्चामा तुइन बनाइएपछि स्थानीयलाई आवातजावत गर्न सहज भएको थियो । तुइन असुरक्षित हुने भएपछि सोही ठाउँमा फड्के राखिएको थियो ।

तातोपानी नाका अवरुद्ध हुँदा दसैँका निम्ति चीनबाट फलफूल र लत्ताकपडा बोकेर आएका करिब ९०० भन्दा बढी कन्टेनरका सामान चीन र नेपालको भू–भागमा अलपत्र परेको नेपाल ट्रक कन्टेनर मजदुर संघका अध्यक्ष अर्जुन सापकोटाले बताए । रासस
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro