site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा इजरायली हमला, २४ जनाको मृत्यु 
फाइल तस्बिर ।

काठमाडौं । इजरायलले आइतबार मध्य गाजापट्टीमा रहेको मस्जिद र एउटा विद्यालयमा गरेको आक्रमणमा २४ प्यालेस्टाइनीको मृत्यु भएको छ । ९३ जना घाइते भएका  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

इजरायली सेनाले अल–अक्सा सहिद अस्पताल र इब्न रुस्द स्कुलको छेउमा रहेको अल–अक्सा सहिद मस्जिदमा बमबारी गरेको छ । मस्जिद र स्कुलका सयौं व्यक्ति विस्थापित भएका छन् । 

इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले आइतबार इजरायली वायुसेनाले इब्न रुस्द स्कुलको कम्पाउन्डभित्र रहेको कमान्ड–एन्ड–कन्ट्रोल सेन्टरभित्र सञ्चालित हमास लडाकुहरूमाथि हमला गरेको बताएको छ । 

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४१ हजार ८२५ पुगेको छ । 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ०९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro