site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने

काठमाडौं । नेपाल नेत्रज्योति संघले विश्व दृष्टि दिवसका अवसरमा असोज २३ गते (बुधबार) बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ । 

संघअन्तर्गत देशभर सञ्चालित आँखा अस्पताल तथा उपचार केन्द्रमा विश्वदृष्टि दिवसका अवसरमा बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्न लागिएको हो । 

संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार यो वर्षको विश्व दृष्टि दिवसमा विश्व स्वास्थ्य संगठन र ‘इन्टरनेशल ऐजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस’ (आईएपीबी)ले बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिएकाले नेपाल नेत्रज्योति संघले पनि बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको हो । 

संघका महासचिव भरतबहादुर चन्दका अनुसार संघद्वारा देशभर सञ्चालित २८ वटा आँखा अस्पताल तथा १६० आँखा उपचार केन्द्रबाट उक्त दिन १५ बर्षभन्दा कम उमेरका बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने छ । 

नेपालमा करिब ११ लाख बालबालिकामा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेको अनुमान गरिएको छ । जसमध्ये करिब सात लाख बालबालिकाहरु अझै दृष्टिदोषको उपचारबाट वञ्चित छन् । 

दृष्टिदोषको समस्या भएका बालबालिकाले आँखा परीक्षण गरी चस्मा लगाउँदा उनीहरुको कक्षा उत्तीर्ण दरमा ४४ प्रतिशतसम्मले वृद्धि हुने विभिन्न अध्ययनले देखाएको छ । 

आईएपीबीका अनुसार हाल विश्वमा करिब चार करोड ५० लाख बालबालिकामा उपचार आवश्यक पर्ने दृष्टिसम्बन्धी समस्या छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ०६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro