site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
गृह मन्त्रालय र सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो

काठमाडौं । तेह्रथुमका दीपक सिलवालले शनिबारदेखि अनशन तोडेका छन् । हवाई एम्बुलेन्सको माग गर्दै विगत एक महिनादेखि उनी काठमाडौंको शान्तिवाटिकामा अनशन बसेका थिए ।

गृह मन्त्रालयका उपसचिव दिलकुमार तमाङ र सिलवालबीच पाँचबुँदे सहमति भएसँगै उनले अनशन तोडेका हुन् । गृह मन्त्रालयमा शनिबार आयोजित एक कार्यक्रमबीच गृहमन्त्री रमेश लेखकले उनलाई जुस पिलाएर अनशन तोडाए ।

कार्यक्रममा गृहमन्त्री लेखकले सिलवालले उठाएको विषय गम्भीर र महत्त्वपूर्ण रहेको बताए । सहमति कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।

सरकारको पनि ध्यानाकर्षण गराउने उद्देश्यका साथ अनशन बसेर सिलवालले लोकतन्त्रको असल अभ्यास गरेको भन्दै मन्त्री लेखकले प्रशंसा गरे । उनले भने, “आमाहरू, तिनका सन्तानहरूको जीवन जोगाउनका लागि जुन तपस्या गर्नुभयो र हामीलाई झक्झक्याउनुभयो र हाम्रो ध्यान गम्भीरतापूर्वक आकर्षण गराउनुभएको छ, तपाईंलाई धन्यवाद छ ।”

गृहमन्त्री लेखकले हाल सरकारले दिइरहेको सेवाले सबै ठाउँलाई समेट्न नसकिएको अवस्थामा त्यस्तो हुनु हुँदैन र पीडामा रहेका हरेकको उद्धार गर्नुपर्छ भनेर उनले राखेको माग जायज भएको पनि बताए । हवाई उद्धारसँग सम्बन्धित कार्यविधिलाई संशोधन गरेर सिलवालले उठाएको विषयलाई समावेश गरी अघि बढ्ने पनि उनले प्रतिबद्धता जनाए । उनले तोकतान्त्रिक ढंगले गरिएको सिलवालको दबाब शान्तिवादी अभ्यास भएको प्रतिक्रिया दिए ।

उक्त कार्यक्रममा गृह मन्त्रालयका सूचना अधिकारी तामाङले यसअघिको हवाई उद्धारको समीक्षा गरे । आपत्कालीन हवाई उद्धारलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयले आवश्यक साधनस्रोत तथा प्रतिबद्ध संयन्त्रको व्यवस्थान गरी थप प्रभावकारी बनाउनेलगायत पाँचबुँदे सहमति भएको जानकारी दिए ।

हिजो (शुक्रबार)को छलफलबाट सहमति गरी शनिबार औपचारिक रूपमा हस्ताक्षर भएको उनले जानकारी गराए । उनले सहमतिसँगै आजैका मितिदेखि सिलवालको अनशन पनि अन्त्य भएको जानकारी दिए ।

कार्यक्रममा सिलवालले आफ्नो माग हवाई एम्बुलेन्स नै रहेको जानकारी दिए । उनले हालको हवाई उद्धार प्रभावकारी नभएको भन्दै गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएका थिए । उनले सके हरेक प्रदेशमा एक/एक र नसके कम्तीमा चार ठाउँमा हवाई एम्बुलेन्स राख्न जरुरी रहेको औँल्याए ।

उनलाई सहयोग गर्दै आएका पूर्वप्रदेश सांसद नरोत्तम वैद्यले तत्काल कार्यविधि संशोधन गरेर हवाई उद्धार प्रभावकारी बनाउनुपर्ने बताए । यो सहमति कागजमा मात्र सीमित हुन नहुनेमा उनले जोड दिए । रासस

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro