site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनको अर्को गाउँ कब्जा गरेको रुसको दाबी
तस्बिर : एएफपी ।

मस्को । रुसी सेनाले पूर्वी युक्रेनको कुराखोभ सहरनजिकैको अर्को गाउँ कब्जा गरेको शनिबार जनाएको छ । रुसी सेनाले युक्रेनको डोनेट्स्क क्षेत्रस्थित झेलानोय भ्टोरोयको बस्तीलाई ‘स्वतन्त्र’ बनाएको रक्षा मन्त्रालयले जनाएको हो ।

रुसी सेनाको खतरामा रहेको पोक्रोभस्कनजिकको यो गाउँ युक्रेनी सेनाको महत्त्वपूर्ण केन्द्र मानिन्छ ।

गोर्लिभ्का सहरमा खटिएका रुसी अधिकारीले शनिबार युक्रेनी पक्षको गोलाबारीमा ११ सर्वसाधारण घाइते भएका जनाएका छन् । रुसले युक्रेनको सिमानास्थित बेलगोरोड, भोरोनेज र कुर्स्क क्षेत्रमा रातारात १० युक्रेनी ड्रोन खसालेको रक्षा मन्त्रालयले जनाएको छ ।

भोरोनेजका गभर्नर अलेक्जान्डर गुसेभले टेलिग्राममार्फत युक्रेनी ड्रोनले एक सर्वसाधारण घाइते भएका बताएका छन् ।

युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी हमलामा दुईजनाको मृत्यु भएको क्षेत्रीय गभर्नर इभान फ्योडोरोभले टेलिग्राममार्फत जानकारी गराएका छन् ।

रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेको थियो । त्यसपछिको शृंखलाबद्ध आक्रमणपछि रुसी सेनाले २०२३ देखि युक्रेनको जमिन कब्जा गरी हाल निरन्तर युद्धलाई अगाडि बढाइरहेको छ । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १८:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro