site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीपीडितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमाले कोसी प्रदेश समितिले बाढीपीडितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन कोसी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । शनिबार बिराटनगरमा पूर्वमुख्यमन्त्री एवम् एमाले कोसी प्रदेश इन्चार्ज शेरधन राई नेतृत्वको एमाले टोलीले कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउँदै पीडितहरूलाई राहत, घाइतेहरुको निःशुल्क उपचार उपलब्ध गराउन माग गरेको हो । 

यसैगरी भौतिक पूर्वाधार, खानेपानी र संचार क्षेत्रमा भएको क्षतिको अध्ययन गरी तत्काल र दीर्घकालीन रूपमा पुनर्निर्माणका लागि छुट्टै विशेष पुनर्निर्माण प्राधिकरण स्थापना गर्न आग्रह गरेको छ । 

पूर्वमुख्यमन्त्री राईले प्रदेश सरकारप्रति अनास्था बढिरहेको बेला विपद् पीडितहरुलाई राहत र क्षतिपूर्ति तथा विपदमा भएको भौतिक क्षतिको पुनर्निर्माण गरी प्रदेश सरकारको आवश्यकता र औचित्य पुष्टि गर्न सकिने बताए । 

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य सुरु गरिसको बताए । उनले संघीय सरकारसँगेको समन्वयमा पीडितहरूलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए । 

प्रदेश सरकारको अनुभूति दिलाउने गरी आफूहरूले पुनर्निर्माण कार्यको लागि समन्वय गरिरहेको पनि बताए । 

ध्यानाकर्षण पत्रमा कोसी प्रदेशमा २२ जनाको मृत्यु, ५ बेपत्ता र एकजना घाइते भएको तथ्यांक एमाले कोसीले बुझाएको छ । यसैगरी सडक, खानेपानी, बिजुली, संचार क्षेत्रमा भएको भौतिक क्षतिको विवरण पनि बुझाएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro